|

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाका ४४ वर्षीय तिर्थराज बोहरा भारतीय सीमावर्ती बजार वनबासाबाट बेपत्ता भएका छन्।

तीन दिन अघि भारतको देहरादुनबाट घर फर्किइरहेको बोहोरा वनबासा सम्म पुगे पनि घर नपुगेको परिवारले जनाएको छ। बोहोरा घर नपुगेपछि खोजतलासका लागि परिवारले आग्रह गरेका छन्।

सम्पर्कबिहीन रहेका बोहराले वनबासाबाट साउन १६ गते बिहान ८ वजे भारतीय नम्बरबाट घरमा फोन गरी घर पुग्न लागेको जानकारी गराएका थिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बोहरा सम्पर्कबिहीन भएको कुरा सुनेपछि बुझ्न इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोलीलाई वनबासातर्फ पठाउन लागिएको जानकारी दिए। प्रहरी टोली फर्केपछि मात्रै सत्यतथ्य थाहा हुने उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.