|

काठमाडौं :  संसदमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक अविलम्ब पारित गरी नागरिकता पाउनुपर्ने मागसहित काठमाडौंमा प्रदर्शन गरिएको छ। ‘नागरिकताविहीन नेपालीहरू’ समूहले माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली प्रदर्शन गर्दै कोणसभा गरेको हो।

प्रदर्शनमा सहभागीहरूले संविधानको धारा ११ को उपधारा (३) र (५) छिटोभन्दा छिटो कार्यान्वयन हुनुपर्ने र विगतका दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। उनीहरुले नेपाली भएर पनि आफूहरुलाई राज्यले गैरनागरिक बनाएको भन्दै विरोध जनाएका छन्।

नागरिकता नहुँदा राज्‍यबाट पाउनुपर्ने हरेक सुविधा र व्‍यवस्थाहरूबाट आफूहरू वञ्चित हुनु परेको भन्दै उनीहरूले भोग्नेहरूलाई मात्र पीडा थाहा हुन्छ भन्दै आक्रोश व्‍यक्त गरेका थिए।

साथै उनीहरूले विगतका दिनमा नागरिकता नपाएर आफूहरूले गुमाएको सेवा सुविधाको क्षतिपूर्तिसमेत पाउनुपर्ने माग राखेका छन्।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.