|

हेटौंडा : बागमती प्रदेशमा थप एक हजार ८ सय ८३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८३ जनाको नमुना परीक्षण गरिएकोमा एक हजार ८ सय ८३ जनामा संक्रमण देखिएको हो।

प्रदेशका १३ जिल्लामा गरिएको नमुना परीक्षणमा सबैभन्दा धेरै काठमाडौंमा ९ सय ८ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरमा दुई सय  ६, भक्तपुरमा एकसय  ६५, मकवानपुरमा एकसय २ र चितवनमा ९२ जनामा कोरोना पुष्टि  भएको छ।

नुवाकोटमा ५३ जनामा, काभ्रेमा ४२ जनामा, धादिङ र सिन्धुलीमा १९/१९ जनामा, सिन्धुपाल्चोकमा १६ जनामा, रसुवामा ९ जनामा, रामेछापमा ७ जनामा र दोलखामा ६ जनामा कोरोना संक्रमण  पुष्टि भएको बागमती प्रदेशको  सामाजिक विकास मन्त्रालयले जनाएको छ।

योसँगै बागमती  प्रदेशमा  सक्रिय  संक्रमितको संख्या १७ हजार एकसय ८६ पुगेको छ। तीमध्ये तीनसय २४ जना आइसोलेसनमा, दुई सय ४६ जनाको अस्पतालको बेडमा, सात सय ५५ जना एचडियुमा, ४ सय ४७ जना आइसियुमा, ९२ जना भेन्टिलेटरमा उपचाररत छन् भने ११ हजार दुई सय ३७ जना होम आइसोलेसनमा छन्।

प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत थप १४ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण उपचार क्रममा मृत्यु हुनेमा काठमाडौं, भक्तपुर, चितवन, दोलखा, काभ्रे र ललितपुरका २/२ जना छन् भने मकवानपुर र रामेछापका १/१ जना छन्।

हालसम्म बागमती प्रदेशमा ४ हजार ८५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म तीन लाख ८१ हजार ६ सय ४१ जनामा कोरोना संक्रमण भएको छ।

प्रदेशमा पछिल्लो २४ घण्टामा एक हजार ३ सय ९५ जना कोरोना संक्रमणमुक्त पनि भएका छन्। योसँगै बागमती प्रदेशमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ६४ हजार ४ सय ५५ पुगेको छ। 

हालसम्म प्रदेशको तीन लाख ९६ हजार ४ सय ३९ जनाले कोभिसिल्डको पहिलो र एक लाख ६० हजार ४ सय ९० जनाले दोस्रो डोज खोप लगाएका छन्।

त्यस्तै भेरोसेलको पहिलो डोज ११ लाख ५४ हजार ३ सय ६० जनाले लगाउँदा ४ लाख ४९ हजार सातसय ९८ जनाले मात्रै दोस्रो डोज खोप लगाउन पाएका छन्। हालसम्म दुई लाख ९३ हजार तीनसय ५७ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.