|

काठमाडौं :  नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। 

बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बिहान साढे ११ बजे बस्ने गरी आजको बैठक बोलाइएको छ। बैठकमा हिजो बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने नेता मेटमणी चौधरीले जानकारी दिए।

हिजो सुरु भएको बैठकमा तत्कालीन कार्यदलका संयोजक भीम रावलले कार्यदल स्तरमा भएको प्रगति, १० बुँदे सहमति, अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल र पार्टी एकताका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए। त्यस्तै केन्द्रीय सदस्यहरुले पार्टी एकता र समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए। केन्द्रीय सदस्यको धारण सुनेपछि नेता नेपालले आफू एकताकै पक्षमा प्रयासरत रहेको जानकारी गराएका थिए।

हिजोको बैठकमा अध्यक्ष ओलीले आत्मालोचना गर्नुपर्ने विषयमा सुझाव आएको थियो। सरकारका सहभागी हुने विषयमा भने छलफलमा कुरा नभएको र सरकारमा सहभागिताको सम्भावना पनि नरहेको नेता रघुजी पन्तले बताएका थिए। उनका अनुसार ओलीले यहि २४ गतेका लागि बोलाएको केन्द्रीय कमिटी बैठकअघि नै पार्टी एकताका विषयमा गम्भीर रुपमा छलफल गर्न नेतृत्वलाई केन्द्रीय सदस्यहरुले सुझाव दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.