आलोचना गर्दा संयमित हुन निर्देशन

|

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकताकै पक्षमा रहेको बताएका छन्। 

आफू पक्षीय केन्द्रीय कमिटीको बैठक समापनलाई सम्बोधन गर्दै नेपालले आफू एकता विरोधी नभएको बताएको नेता रघुजी पन्तले बताए ।

'केपी ओलीले मलाई जति नै गाली गरे पनि म अहिले पनि पार्टी एकता होस् भन्ने पक्षमा छु, एकताका लागि मेरो प्रयत्न जारी छ', नेता नेपालको भनाइ उद्धृत गर्दै पन्तले भने, 'केपी ओलीले हामीलाई अल्मल्याउन खोजेको त होइन भन्ने धेरै साथीहरुले आशंका गर्नुभएको छ, तर म त्यस्तो नहोला भन्ने ठान्छु र एकतामा जोड दिन चाहन्छु।’

आफ्नो मनोबल र उत्साहलाई कायम राख्दै एकताका लागि प्रयत्न गर्न उनले सबैलाई आग्रह पनि गरे। 'एकताको प्रयत्न चलिरहेको यो बेलामा हामीले एकतामै जोड दिनुपर्छ', नेता नेपालले थपे। 

उनले आलोचना गर्दा संयमित र जिम्मेवार बन्न पनि केन्द्रीय सदस्यहरुलाई निर्देशन दिए। 'दक्षिणपन्थी विचारका विरुद्ध हामीले संघर्ष गर्दै आएका छौं, यसका लागि हामी एकतावद्ध भएर अघि बढ्नुपर्छ,' नेपालले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.