|

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। 

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सांसद भवनमा बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६/०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने संसद सचिवालयले जनाएको छ। 

यस्तै प्रधानमन्त्री देउवाका तर्फबाट ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७’ र ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुदैछ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७ प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.