|

पर्वत : जिल्लाको मोदी गाउँपालिका–२, पातीचौरमा जुवा खेल्दै गरेको अवस्थामा ७५ हजार नगदसहित सात जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पातीचौरस्थित महेशकुमार शर्माको घरको कोठामा गत साउन २४ गते जुवा तास खेलिरहेको भन्ने गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूमा सोही ठाउँका ३८ वर्षीय टेकबहादुर पुन पुर्जा, ५० वर्षीय थानबहादुर विश्वकर्मा, ४८ वर्षीय कुलबहादुर हमाल, ४० वर्षीय लेखबहादुर मल्ल, ७३ वर्षीय रामचन्द्र शर्मा र मोदी गाउँपालिका–५, बाजुङका ५५ वर्षीय दुर्गाबहादुर पौडेल छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.