|

मकवानपुर : हेटौंडा र हेटौंडाको मुख्य बजार बुद्ध चोकमा दुई युवाबीच खुकुरी हानाहान हुँदा एकजना घाइते भएका छन्।

बुधबार बिहान बुद्धचोकमा दुई युवाबीच भएको झडपमा खुकुरी प्रहार हुँदा एकजना घाइते भएका हुन्।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालको अनुसार खुकुरी प्रहारबाट हेटौंडा-१, चाइनाक्वाटर बस्ने २६ वर्षका प्रशान्त नगरकोटी सामान्य घाइते भएका छन्।

प्रहरीले खुकुरी प्रहार गर्ने हेटौंडा-१०, बसपार्क बस्ने २१ वर्षका सौरभ लामा र नगरकोटी दुवैलाई नियन्त्रणमा लिएको छ।

दुइबीच झगडा किन भएको हो भन्ने विषयमा सोधपुछ भइरहेको रिमालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.