|

काठमाडौं : रौतहटको गौर नगरपालिका–८ का कुस्ती खेलाडी उपेन्द्र दास बैरागी (यादव) को गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई १० वर्ष पछि पक्राउ गरेको छ।

यादवको हत्या गरेको आरोपमा देवाहीगोनाही नगरपालिका–७ का सोनफी हजरालाई प्रहरीले पक्राउ गरेको हो। २०६८ असार २३ गते जिल्ला अदालत नजिकैको सडकमा राति लोडसेडिङको मौका छोपेर यादवमाथि गोली प्रहार भएको थियो।

गोली लागेर घाइते भएका उनको गौर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। यादवकी श्रीमती रामकुमारी देवीले हजराविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएकी थिइन्।

रौतहटका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमरियाले पक्राउ परेका हजरालाई बुधबार नै जिल्ला अदालतमा उपस्थिति गराइएको जानकारी दिए। सन् १९९९ नेपालमा भएको आठौं साफ प्रतियोगिताअन्तर्गत कुस्ती खेलमा बैरागीले कास्य पदक जितेका थिए।

बैरागीलाई सरकारले गोरखा दक्षिणबाहु पुरस्कारबाट समेत सम्मान गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.