|

काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ। 

बाँके कोहलपुर नगरपालिकाका ४३ वर्षीय पुरुष र कैलाली टिकापुर नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला जनस्वाथ्य कार्यालयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए। 

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा पुरुषको गएराति साढे १ बजे र महिलाको आज बिहान ४ बजे मृत्यु भएको हो। योसहित बाँकेका ३ सय २४ र जिल्ला बाहिरबाट उपचार गराउन पुगेका ३ सय ८७ संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.