|
फाइल फोटो

काठमाडौ :  रौतहट बम विस्फोटको अभियोगमा थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ।

सर्वोच्च अदालतमा न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा पेश चढे पनि हेर्न नमिल्नेमा परेको अदालत प्रशासनले जनाएको छ। इजलासमा उनको मुद्दा पहिलो नम्बरमै परेको थियो। 

मजदुरहरुलई इट्टा भट्टामा राखेर जिउँदै जलाएको आरोपमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले थुनामा राख्ने आदेश दिएपछि आलम २०७७ मंसिरमा सर्वोच्च गएका थिए। यसअघि पटक पटक पेशी चढे पनि कैफियत प्रतिवेदन माग्नेबाहेक अरु आदेश भएको थिएन।

साक्षी र प्रमाणका आधारमा अभियोग पुष्टि हुने देखिएको भन्दै जिल्ला र उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए। २०६४ सालको संविधान सभा चुनाव हुने अघिल्लो रात चैत २७ मा बम बनाउने क्रममा बिस्फोट हुँदा मारिएका र घाइते भएका मजदुरहरुलाई घटना लुकाउन इट्टाभट्टामा हालेर मारेको आरोप आलममाथि छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.