|

विराटनगर : प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितलाई कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ।

सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरी राखिएको विराटनगर महानगरपालिका–१० को मानव सेवा आश्रमबाट अभियान शुरुवात गरिएको सामाजिक विकास मन्त्रलायले जनाएको छ।

कोभिड विरुद्धको खोप सडक आश्रित तथा सहयोगापेक्षीहरु सम्पूर्णलाई लगाइने सामाजिक विकास मन्त्री उषकला राईले बताइन्।

‘मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुको सबैलाई खोप लगाइने छ,’ मन्त्री राईले भनिन्, ‘अपाङ्गता भएका तथा अशक्त सबैलाई अभियानमा समेटिने छ।’ लक्षित समूहले खोप लगाइरहे पनि संरक्षण गृहमा आश्रितहरुले खोप लगाउन नपाएको थाहा भएलगत्तै अभियान सुरुवात गरिएको मन्त्री राईले बताइन्।

सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले मानव सेवा आश्रम, प्रदेश सरकारद्धारा सञ्चालित दीर्घकालीन पुनर्स्थापना गृह, ओरेक, माइती नेपाल र एबिसीको संरक्षणमा रहेकाहरुलाई खोप लगाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.