|
प्रतीकात्मक तस्बिर

हेटौंडा : मकवानपुरको मनरहरी गाउँपालिका-६ सुनाचुरीमा गोठालो गएका दुई युवकलाई नेपाली सेनाले कुटपिट गरेको छ।

शुक्रबार साँझ मनहरी६ सुनाचुरीका २० वर्षीय दीपेन्द्र रुम्बा र २६ वर्षीय बुद्धिबहादुर मोक्तानलाई चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको सुरक्षामा खटिएका सेनाले निर्घात पिटेको स्थानीयको आरोप छ। बिनागल्ती नेपाली सेनाले कुटपिट गरेको भन्दै शुक्रबार राति स्थानीय बासिन्दाले निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित सेनाको रेञ्जर पोष्टमा तोडफोड गरेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

उनले कसलाई किन कुटपिट भएको हो भन्ने विषयमा आफूहरुलाई आधिकारिक जानकारी नआए पनि कुटपिट गरेको आरोपमा स्थानीयले पोष्टामा तोडफोड गरेको बताए। डिएसपी रिमालले स्थानीयको आक्रोशित भीडले सेनाको पोष्ट गरेपछि अश्रुग्यास प्रहार गरेर भीडलाई नियन्त्रणमा लिइएको बताए।

साँझ साढे ७ बजेपछि स्थानीयले नाराबाजी गर्दै तोडफोड गर्न सुरु गरेका थिए‚’ उनले भने‚ ‘त्यो भीडलाई नियन्त्रणमा लिन हामीलाई धेरै समय लाग्यो। भीडलाई नियन्त्रण गर्न गाह्रो भएपछि हामीले अश्रुग्यास प्रहार गरेका थियौं।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.