|

हेटौंडा : बागमती प्रदेशको प्रदेश सभा बैठक भदौ १ गते मंगलबार बस्ने भएको छ। असार २८ गते  चालू आवको बजेट पास गरेर स्थगित भएको बैठक एक महिना पछी बस्न लागेको हो।

सोमबार दिउँसो ४ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र मंगलबार दिउसो २ बजे प्रदेश सभाको बैठक बस्ने भएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

प्रदेश सभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेश सभा नियमावली संशोधन दर्ता भएको खड्काले बताए। यसैगरी उच्च शिक्षा सम्बन्धी विधेयक र पर्यटन सम्बन्धी विधेयक यसअघि नै दर्ता भएका छन्। प्रदेश सरकारले एकैपटक १३ वटा ऐनलाई संशोधन गर्न लागेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.