|

सल्यान : दक्ष जनशक्ति नहुँदा सल्यान छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा स्वास्थ्य चौकीमा तीन वर्षदेखि एक्सरे मेसिन थन्किएको छ।

एक्सरे मेसिन प्रयोगमा नआउँदा सेवाग्राही समस्यामा परेका छन्। एक्सरे मेसिन प्रयोगमा नआउँदा स्वास्थ्य चौकीमा आउने बिरामी श्रीनगर, खलंगा जानुपर्ने बाध्यता छ।

मेसिन चलाउने जनशक्ति नहुँदा र एक्सरेका केही पार्टस् नआउँदा तीन वर्षदेखि प्रयोग बिहिन भएको लेखपोखरा स्वास्थ्य चौकीका सिनियर अहेव वीर बहादुर वलीले बताए।

एक्सरे मेसिनको पुरा पार्टस नआउँदा पनि समस्या भएको उनको भनाई छ। स्वास्थ्य चौकीमा कम खर्चमा सेवा दिन पाइने भन्दा चौकीमा बिरामी आउने गरेको भएपनि मेसिन बिग्रिदा अन्य ठाउँमा महंगो शुल्क तिरेर सेवा दिन बाध्य छन्।

एक्सरे मेसिन सञ्चालन नहुँदा, गर्भवती, बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेको स्वास्थ्य महिला स्वंयसेविका झुपा खत्रीले बताइन्। गाउँठाउँमै हुने सानो समस्या समाधानका लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको उनको भनाई छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.