|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन्। 

पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरत गर्दै ओलीले संसदीय दल र स्थायी कमिटी बैठक बोलाएका हुन्।  देउवा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले आज विहान ११ बजे स्थायी कमिटी र ३ बजे संसदीय दलको बैठक बोलाइएको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिए। 

स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक संसद भवन बानेश्वरमा बोलाइएको छ।

अध्यक्ष ओलीले सोमबार राति नै वक्तव्य जारी गर्दै पार्टी एकताको आह्वान गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.