|

काठमाडौं : २०७७ सालको प्राध्यापक डाक्टर शान्ता थपलिया महिला सशक्तीकरण सम्मान मानव अधिकारकर्मी लिली थापालाई प्रदान गरिएको छ। यस्तै २०७८ को सम्मान अमृता लम्साललाई प्रदान गरिएको छ।

कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक)को स्थापना दिवसमा मंगलबार आयोजित एक कार्यक्रममा थापा र लम्साललाई यो सम्मान प्रदान गरिएको हो। 

महिला तथा बालबालिकाको न्यायमा पहुँचका लागि ३४ वर्ष अगाडि स्थापना गरिएको संस्था ल्याकले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ।

थापा एकल महिलाहरूको सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएकी छिन् भने  लम्साल महिलाका पक्षमा स्वतन्त्र रूपमा कलम चलाउँछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.