|

म्याग्दी : आङै जिरिंग हुने विशाल भीरमा बाबियाको डोरीमा झुन्डिएर भीर मौरीको मह काड्ने म्याग्दीका मह शिकारीहरु  वर्षौंदेखि जोखिम मोलेर मह निकाल्न बाध्य छन्।

प्रविधिको अभावमा पुख्यौली सीप र साधनको माध्यमबाट अहिलेसम्म पनि यहाँका मह शिकारीहरुले भीर मह काड्दै आएका हुन्।

अग्ला पहाडमा भिर माहुरीले बनाएको चाकामा उत्पादन भएको महलाई डोरीको सहायताले झुण्डिएर काड्ने पेशा नै मह सिकार हो। म्याग्दीको माथिल्लो भेगका मह शिकारीहरु बर्षको दुई पटक भीर माहुरीको मह शिकार गर्न व्‍यस्त हुन्छन्। परम्परागत पेशाकै रुपमा जिल्लाको गुर्जा, मुदी, मल्कबाङ, लुलाङ, निस्कोट, कुइनेमंगले, चिमखोला लगायतका क्षेत्रमा मह सिकार हुने गरेको छ।

आधुनिक उपकरणको अभाव हुँदा भिरमा डोरीको भरमा जोखिम मोलेर मह काड्नुपर्ने भएकाले स्थानीयले देविदेवताको पूजा गरेपछि मात्रै मह शिकार गर्ने गर्छन्। चाख्दा जति गुलियो स्वाद हुन्छ भिर महको त्यति नै कठिन छ, भिरबाट मह उत्खनन् कार्य। चोयाको भर्‍याङ (पराङ)को सहायताले भिर पहरामा भिरमाहुरीको मह निकालेको दृष्य निकै कहालीलाग्दो र जोखिमपूर्ण हुने गुर्जाका स्थानीय झकबहादुर छन्त्यालले बताए।

चोयाँको रसीमा बनाइएको भ¥याङको सहयोगमा एक÷दुई सय मिटर उचाइको पहरामा रहेको माहुरीको चाका नजिकै पुगेर शिकारीले मह उत्खनन् गर्छन्। स्थानीय भासामा भिरउटे भनिने भिरमा चढ्ने मह सिकारीले सावधानीपूर्वक कहालिलाग्दो भिरमा तुर्लुङ्ग झुण्डीयर बहादुरीका साथ मह मह काढ्ने गर्छन्।

जिल्लाका हाल सामूहिक मह शिकार गर्ने चलन रहेको छ। जोखिमयुक्त र साहसिक मानिने भिर महलाई सामूहिक रुपमा संकलन गरेपछि एकमुष्ट रुपमा पकाएर प्रशोधन गरी बाँडफाँड गरिँदै आएको गुर्जाका स्थानीय प्रेम बहादुर छन्त्याल बताउँछन्।

आफ्नो भागमा परेको मह केही घरायसी उपभोग हुने भए पनि धेरैजसो बिक्री गरी स्थानीयले आम्दानीसमेत गर्छन। भिरबाट निकालिने भिर महको माग बजारमा दिनहुँ बढिरहेको छ। प्रतिलिटर दुई हजारसम्ममा भिर मह बिक्री हुने गर्छ। जंगलमा जडिवुटीयुक्त फुलका रस खाएका भिर माहुरीले उत्पादन गर्ने मह औषधि हुने भएकाले माग बढेको चिमखोलाका ध्रुव कुमार पाईजा बताउँछन्। जिल्लाको विभिन्न २० वटा वडामा भिर मह उत्पादन हुने गर्छ।

धार्मिक कार्यदेखि विभिन्न रोगको घरेलु उपचारमा समेत प्रयोग गरिने भिर मह शक्तिबर्द्धक मानिन्छ। स्थानीयस्तरमा भीरमह दम, नशा, ढाड, र शारीरिक कमजोरी लगायतका रोगका औषधिको रुपमा प्रयोग गरिन्छ।

सुरु सुरुमा महसँग अन्न सटही गरिने भएपनि आजभोलि बिक्रि हुन थालेपछि यसबाट स्थानीयको आयआर्जनमा टेवा पुगेको देखिन्छ। भिर मह स्थानीय स्तरमा मात्रै नभई बेनी, पोखरा, काठमाडौ र विदेशमा समेत निर्यात हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.