|

हेटौंडा :  मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिरनजिकै ओरालोमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।

काठमाडौंबाट रौतहटको बंकुलतर्फ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिहीबार​ चुरियामाईमा दुर्घटना हुँदा बस चालक धर्मराज रेग्मीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका बस चालक हेटौंडा–८ कमानेका ४९ वर्षीय रेग्मीको उपचारका लागि हेटौंडा ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी निरीक्षक दिनेशराज खरेलले बताए।

ना ६ ख ४६४१ नम्बरको बसको ब्रेक फेल भएर पूर्वतिरै गइरहेको बा.प्र ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि पल्टिएको थियो। घाइते  मोटरसाइकल चालक हेटौंडा–१ चौकीटोलका ३५ वर्षीय इन्द्रबहादुर कार्कीको हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

बाँकी घाइतेको हेटौंडाकै विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.