|

बैतडी : डिलाशैनी गाउँपालिकामा नवजात शिशुको हत्याको आरोपमा एक महिला पक्राउ परेकी छन्। वडा नम्बर ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको प्रहरीले बताएको छ।

अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले जन्मिना साथ शिशुको घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले आइतबार सोही ठाउँमा शिशुको घाँटी निमोठेर हत्या गरेको हो। 

माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई खबर गरेका थिए। उनी प्रहरीको नियन्त्रणमा रहेकी र मंगलबार अदालतबाट म्याद थपेर अनुसन्धान सुरु हुने इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। कर्तव्य ज्यान मुद्दामा माधवीमाथि अनुसन्धान गर्न अदालतमा पेश गर्न तयारी भएको हो। 

माधवीका श्रीमान १० वर्षअघि वैदेशिक रोजगारीमा गएका थिए। उनी उतै बेपत्ता भएको प्रहरीले जनाएको छ। माधवीका १३ बर्षीय छोरा छन्। उनी महिला स्वास्थ्य स्वयंसेविका समेत हुन्। घरपरिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्ध रहेको बुझिएको प्रहरी निरीक्षक शाहीले बताए। अवैध सम्बन्धबाट गर्भवती भएपछि किशोरले माधवीसँग विवाह गर्ने सहमति गरे पनि ती किशोर हाल फरार रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.