|

विराटनगर : प्रदेश १ को मुख्यमन्त्री शेरधन राईले पार्टी एकतालाई ध्यानमा राखेर संसदीय दलको नेताबाट राजीनामा दिएको बताएका छन्। 

संसदीय दलको बैठकपछि उनले सञ्चारकर्मीहरूसँग भने, 'पार्टी विभाजनबाट रोकेर एमाले नेतृत्वको सरकारलाई सुरक्षित ढंगबाट अगाडि बढाउनुपर्छ।' 

एमालेको प्रभाव र बर्चस्वलाई कायम राख्नका लागि आफ्नै प्रस्तावमा भीम आचार्यलाई दलको नेता बनाइएको बताए । 

‘पार्टी विभाजन, टुटफुटको अवस्था पार्टी एकतालाई ध्यानमा राखेर खास गरेर नेकपा एमालेको प्रभाव र यसको बर्चस्वलाई जस्ताको त्यस्तै कायम गर्ने सरकारलाई जस्ताको त्यस्तै राख्ने उद्देश्यलाई ध्यानमा राखेर दलको नेताबाट मैले राजीनामा गरेको छु’, उनले भने, ‘नया दलको नेताको रुपमा मेरो प्रस्तावमा भीम आचार्यलाई सर्वसम्मत चयन गरिएको हो ।’

राईले संसदीय दलको नेताबाट राजीनामा दिए लगत्तै माधव नेपाल छाडेका नेता भीम आचार्य सर्वसम्मत चयन भएका छन्। ५१ सदस्यीय एमाले संसदीय दलको बैठकमा २४ जनामात्रै उपस्थित भएको थिए। 

आचार्यले आजै मुख्यमन्त्रीको सपथ लिँदैछन्। मुख्यमन्त्री नियुक्त भएपछि आजै तीन बजे आचार्यको शपथ ग्रहणको तयारी गरिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनायो। 

प्रदेश १ मा हाल ९२ जना सांसद छन्। सरकार बनाउन ४७ जना सांसद आवश्यक पर्दछ। त्यसमा राजेन्द्र राई, राजन राई र गणेश काम्बाङ माधव नेपालतिर लागेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.