|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप लगाएको छ।

बिहीबार एक वक्तव्य जारी गर्दै पार्टी विभाजनको क्रममा आफ्नो साथ छाडेका नेताहरुलाई अवसरवादी मात्रै नभएर मध्यपन्थी भएको आरोप समेत पार्टीले लगाएको छ। 

वक्तव्यमा भनिएको छ, 'आन्दोलनको इतिहासमा फेरि एउटा विद्रोह भएको छ। नेपाली कम्युनिष्ट आन्दोलनको उतारचढावपूर्ण इतिहास आन्दोलनलाई अवसरवादको भासमा डुब्नबाट बचाएर क्रान्तिका लक्ष्य विकास गर्ने उद्देश्यले गरिएको यस विद्रोहबाट नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न एकीकृत समाजवादीको उदय भएको छ।'

दक्षिणपन्थी अवसरवादीहरूबाट मात्रै होइन नभएर मध्यपन्थी सबै अवरवादीहरूबाट समेत गरिएका अनेकन जालझेल, षडयन्त्र, हमला र अपहरणका प्रयाससमेत परास्त गर्दै विद्रोह सफल भएको उल्लेख गरिएको छ। 

एकीकृत समाजवादी नेपाली सर्वहारा श्रमजीवी वर्ग र आम नेपाली न्यायप्रेमी जनताको हित प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी भएको दाबी गरेका छन्। 

'नेपाली समाजमा व्याप्त सामन्ती तथा साम्राज्यवादी शोषण, दमन र उत्पीडनको अन्त्य गरी सबैखाले विभेदको अन्त्य गरी समाजको स्थापना गर्ने ती लक्ष्य अझै धेरै काम गर्न बाँकी छ। यो पार्टी ती सवै लक्ष्य प्राप्तिको सङ्घर्षमा डटिरहने प्रतिबद्धता जाहेर गर्दछ,' वक्तव्यमा उल्लेख छ। 

जनताप्रतिको कर्तव्य पालनाबाट सेवाभाव, राष्ट्रिय स्थापित गरेका देश र जनताप्रतिको सेवा र असल मान्यतामा अडिरहने प्रतिबद्धता पार्टीले जाहेर गरेको छ। 

नेपालको कम्युनिष्ट आन्दोलनमा दृष्टिकोण, विधि र पद्धतिमा चल्ने कार्यप्रणली तथा जनताप्रति नेकपालाई नयाँ ढङ्गले पुनर्गठित र रूपान्तरित नेकपाको पुनर्गठन र रूपान्तरणको यस महाअभियानमा आउन पार्टीले आह्वान समेत गरेको छ। 

मुलुकमा राजनीतिक स्थिरता संविधानको रक्षा गर्न र चालु प्रतिनिधिसभालाई पूर्ण कार्यकाल टिकाउनुपर्नेमा वक्तव्यमा जोड दिइएको छ। सरकारले सुशासन र पारदर्शितालाई दृढताका साथ जनहित जनसरोकारका काम होउन् भन्ने चाहेको प्रष्टाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.