|

नवलपरासी : अविरल वर्षासँगै आएको बाढीले पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलाको पुल भासिएको छ। पुल भाँसिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।

पुलको २० देखि २५ प्रतिशत भाग चर्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु लामाले जानकारी दिए। पुल जोखिममा परेपछि बिहीबार रातिदेखि नै पुलमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नै बर्दघाटस्थित लण्डनब्रिज पुल पनि जोखिममा रहेको प्रहरी नायब उपरीक्षक लामाले बताए। राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सन पनि जोखिममा रहेको उनले बताए। राति नै रुपन्देहीको देवदहस्थित घोडाहा र सित्तलनगर जोड्ने पुल भाँसिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.