|

हेटौंडा : त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-१ सुपारेटार नजिक राप्ती खोलामा मालवाहक ट्रक खस्दा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

फलाम बोकेर हेटौंडाबाट काठमाडौं जाँदै गरेको प्रदेश १-०२-००१ ख ८७५९ नम्बरको ट्रक शुक्रबार बिहान अनियन्त्रित भई राप्ती खोलामा खसेको प्रहरीले बताएको छ। मृत्यु हुनेको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। मृतकको घटनास्थलमै ज्यान गएको हो।

दुर्घटनामा घाइते हुनेमा ट्रक चालक मोरङको ३१ वर्षीय राजन बाँस्कोटा र सोही ठाउँका सह–चालक २४ वर्षीय सरोज आचार्य रहेको जनाइएको छ। उनीहरूको हेटौंडा-११ मा रहेको चुरेहिल अस्पतालमा उपचार भइरहेको रिमालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.