|

हेटौंडा : पहिरो पन्छाएसँगै हेटौंडालाई काठमाडौसँग जोड्ने छोटो दुरीको मार्ग भीमफेदी( कुलेखानी सडकखण्ड सञ्‍चालनमा आएको छ।

बिहीबारदेखिको अविरल वर्षाका कारण भीमफेदी  गाउँपालिका-६ देउराली नजिक खसेको पहिरो पन्छाएसँगै भीमफेदी-कुलेखानी सडकखण्ड सञ्‍चालनमा आएको हो। सडक विभागसँगको समन्वयमा जेसिबीले पहिरो पन्छाएर सडक सञ्‍चालनमा ल्याइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

पहिरो हटाएपछि  भीमफेदी-कुलेखानी हुँदै ओहोरदोहोर गर्ने सवारीहरु निर्वाध रूपमा सञ्‍चालन भएको डिएसपी रिमालले बताए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.