काठमाडाैं : प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी प्रभावित जिल्लाहरूमा राहत सामग्री वितरण गर्ने भएको छ ।
राहत सामग्री वितरण कार्यक्रम भोली शनिबारदेखि सुरु गरिने परिषदले जनाएको छ।
भारतीय जनता र सरकारले उपलब्ध गराएको ६ सय थान टेन्ट, ५ सय थान त्रिपाल, स्लिपिङ म्याट ४ हजार र ५ सय परिवारलाई औषधि वितरण गरिनेछ। राहत सामग्री भारतीय दूतावासका डिसिएम नाम्ग्या सि खम्पाले परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाललाई हस्तान्तरण गरे।
राहत सामग्री बाढी प्रभावित जिल्लाहरु सिन्धुपाल्चोक,दोलखा, रसुवा,धादिङ, गोरखा र मनाङमा वितरण गरिनेछ। शनिबार धादिङबाट राहत वितरण कार्य सुरु हुने परिषदले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।