|

काठमाडौं :  नेपाली राष्ट्रिय क्रिकेट अहिले ओमानमा रहेको छ। नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।

नेपाली टिम ओमानमा अहिले अभ्यासमा व्यस्त रहेको छ। वान डे सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी गरिरहेको छ। खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाली टोलीले प्रशिक्षण गरिरहेको हो।

सिरिजको खेल तालिकासमेत सार्वजनिक भइसकेको छ। नेपालले पहिलो खेल अमेरिकासँग खेल्नेछ। यी दुई टोलीबीचको खेल २८ मा हुनेछ।

खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेदेखि सुरू हुनेछ। नेपालले दोस्रो खेल २९ भदौमा ओमानविरुद्ध, तेस्रो खेल अमेरिकाविरूद्ध १ असोजमा र अन्तिम खेल नेपालले ३ असोजमा ओमानविरूद्ध खेल्ने छ।

त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले भदौ २० र २३ गते पपुवा न्युगिनीसँग एकदिवसीय खेल खेल्नेछ। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई–दुई खेल खेलिसकेको छ।

नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अंक जोडेको छ। नेपाल अंक तालिकाको छैटौं स्थानमा छ। लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टिमले ३६ एकदिवसीय खेल खेल्नेछन्।

लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्ले अफ खेल्ने छन्।

तस्वीर :  क्यान

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.