|

काठमाडौं : वरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको निधन भएको छ। 

 अल्जाइमर रोगबाट थलिएका ८६ वर्षीय भट्टको गएराति आफ्नै निवासमा निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगाप्रसाद उप्रेतीले जनाकारी दिए।

भट्टको शव पशुपति आर्यघाटमा रहेको माधवराज सुमार्गी स्मृति भवनमा अन्तिम श्रद्धाञ्जलीका लागि विहान ११ बजे सम्म राखिने छ। त्यसपछि भट्टको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने छ। भट्टका श्रीमती र दुई छोरा छन्। 

भट्टका कविता, निबन्ध, समीक्षा, चिन्तन एवं दर्शन विषयका कृति प्रकाशित छन्। उनका फुटकर लेख, रचना, अन्तर्वार्ता, गोष्ठीपत्र र दैनिकी पनि प्रकाशित छन्। 

त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा  र बेलायतको लन्डन विश्वविद्यालयबाट शिक्षामा स्नातकोत्तर भट्टले काठमाडौँको विश्व निकेतन हाइस्कुलमा विसं २०१४ देखि २०१६ सम्म, धनकुटा डिग्री कलेजमा २०१६ देखि २०१८ सम्म र महेन्द्र  डिग्री कलेज धरानमा २०१९ देखि २०२२ सम्म शिक्षण गरेका थिए।

उनी विसं २०२२ देखि २०३० सम्म वीरेन्द्र इन्टर कलेज चितवनमा प्रिन्सिपल भएका थिए। विसं २०३० साउनदेखि २०४५ सम्म त्रिवि पाठ्यक्रम विकास केन्द्रमा उप प्राध्यापक र उपनिर्देशक उनले २०४५ पछि त्रिवि अङ्ग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा प्राध्यापन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.