|

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनाल मिर्गौला प्रत्यारोपण गरेर शनिबार स्वदेश फर्किएका छन्।

उनको  भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई नातामा छोरी पर्ने (जेठीसासुको छोरी) मेरिना चित्रकारले मिर्गौला उपलब्ध गराएको उनले बताए।

भारतको नयाँ दिल्लीबाट सोमबार काठमाडौं आएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने ‘छोरी मेरिनाले मिर्गौला दिन्छु भनिन् म धेरै खुसी भए र अस्पतालमा बोलाए परीक्षणपछि उनको मिर्गौला मेरो शरीरका लागि उपयुक्त हुने ठहर भयो’ उनले भने।

उनले छोरी मेरिनाको स्वास्थ्य लाभको कामनासहित आभार समेत प्रकट गरे । मिर्गौला प्रत्यारोपण पश्चात आफूले नयाँ जीवन पाएको समेत उनले बताए।

आफ्नो शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएको भन्दै  खनालले मिर्गौला दाता, उपचारमा संलग्न चिकित्सक र आफ्नो उपचारका लागि सहयोग उपलब्ध गराएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.