|

अमेरिकी सैनिकले अफगानिस्तान छाडेका छन्। अमेरिकी सैनिक बोकेको हवाई जहाज उडैसँगै अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्णरुपले  फिर्ता भएको छ। अफगानिस्तानमा २० वर्षसम्म चलेको सैन्य मिशनको पनि अन्त्यको घोषणा गरिएको छ।

अफगानिस्तान छोड्ने अन्तिम अमेरिकी सैनिकको तस्वीर अमेरिकी रक्षा विभागले सार्वजनिक गरेको छ। भनिएको छ, ‘यी मेजर जनरल क्रिस डोनाहु हुन्।  जो काबुलबाट अमेरिकाको लागी अन्तिम C-17 विमान मा सवार छन्।’

अमेरिकाका शीर्ष सैन्य बकमाण्डर जनरल म्याकेन्जीले अमेरिकाको अन्तिम C-17 विमान मंगलबार मध्यरात अमेरिकी राजदूतसँग काबुलबाट उडेको बताए। कूटनीतिक मिशनले तोकिएको समयभन्दा पहिले छोड्न नसक्नेहरुलाई सहयोग भने जारी राखिने म्याकेन्जीले बताएका छन्।

अमेरिकी विमान उड्ने बित्तिकै तालिबानले काबुल विमानस्थल र काबुलको सडकमा गोको होली खेलेका छन्।

ठूलो मिशन अन्त्य

काबुल तालिबानले १४ अगस्टमा कब्जा गरेको थियो। त्यसपछि अफगानिस्तानबाट ठूलो संख्यामा मानिसलाई निकालिएको थियो। जनरल म्याकेन्जीले संयुक्त राज्य अमेरिका र उसका सहयोगी गठबन्धनले अफगानिस्तानबाट करिब १.२५ मिलियन नागरिकहरुलाई निकालेको बताएका छन्। यसको मतलब साढे सात हजारभन्दा धेरै मानिसहरु हरेक दिन अफगानिस्तान छोडेका थिए।

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले अफगानिस्तानबाट अमेरिका पूर्णरुपमा फिर्ता भएको उल्लेख गर्दै भने, ‘अफगानिस्तानबाट मानिसहरूलाई उद्धार गर्न अमेरिकाका लागि ठूलो चुनौती थियो। तर, हामीले एक सैन्य, कूटनीतिक र मानवीय अपरेशनको रूपमा एक ठूलो स्तरमा काम गरेका छौं।’

अब भने एक नयाँ अध्याय शुरू भएको उनले बताएका छन्। ‘सैन्य मिशन समाप्त भएको छ। नयाँ कूटनीतिक मिशन शुरू भएको छ।'

सेना पूर्ण रुपले फिर्ताको घोषणापछिको आफ्नो सम्बोधनमा उनले  भने, ' तालिबानले आफ्नो वैधता पुनः प्राप्त गर्नका लागी आवश्यक छ। यो हदमा पुग्न उसले  अफगानी नागरिकप्रति आफ्नो प्रतिबद्धता र दायित्व पूरा गर्न जरुरी छ।'

अफगानिस्तानभित्र युद्ध जारी

अफगानिस्तानमा २० वर्षको युद्ध सकिए पनि अफगानी जनतामा अब के हुन्छ भन्ने डर कायमै छ। जसका कारण पछिल्ला केही दिनमा देश छोडिरहेका छन्। के उनीहरू पुन: आफ्नो मातृभूमि देख्न पाउनेछन्?

तालिबानले देशमा बस्ने ३८ मिलियन अफगानीका लागि कस्तो शासन व्यवस्था लागू गर्नेछ भन्ने चिन्ता छ। उनीहरुले कडा कानुन लागू गर्छन् कि भन्ने पनि डर छ।जुन अघिल्लो शासनकालमा तालिबानको पहिचान बनेको थियो। अफगानिस्तानको ग्रामीण क्षेत्रमा जनता भन्छन्, ‘तालिबान पहिलेभन्दा झन् बढी हिंस्रक र खतरनाक बनेका छन्।’

अमेरिकाका लागि सबैभन्दा लामो युद्ध समाप्त भएको छ। तर, अफगानीहरूका लागि अधिकार तथा स्वतन्त्रताका लागि लडाइँ अझै जारी छ।

२० वर्षमा महिलाले पाएको अधिकार के हुन्छ?

पछिल्लो २० वर्षमा अफगानी महिला र छात्राहरूले केही अधिकार र स्वतन्त्रता महसुस गरेका थिए।

पश्चिमी गठबन्धन सेनाले उनीहरूलाई शिक्षामा प्रोत्साहित गरे। तर ती छात्राहरूले पाएका अधिकार अब पुनः निरन्तरता होला वा नहोला भन्ने प्रश्न चिह्न खडा भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.