|

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य आफ्नै वडामा एक्लिएका छन्। उनको वडाका वडाध्यक्षसहितका एमाले कार्यकर्ताहरू नेकपा (एकीकृत समाजवादी) मा खुलेका छन्।

लामो समयदेखि मुख्यमन्त्री आचार्यलाई साथ दिँदै आएका इनरुवा–६ का जनप्रतिनिधिसहित एमाले कार्यकर्ता समाजवादीमा खुलेसँगै मुख्यमन्त्री आफ्नै वडामा एक्लिएका छन्।

शनिबार समाजवादीले इनरुवामा नगरस्तरीय भेलाको आयोजना गरेको थियो। जहाँ आचार्यका लामो समयदेखिका विश्वासपात्रहरू उपस्थित भएर आफूहरू एकीकृत समाजवादीमा रहने घोषणा नै गरे।

इनरुवा–६ का वडाध्यक्ष कोषराज अधिकारी आचार्यको साथ छाडेर एकीकृत समाजवादीमा लागेका छन्। आचार्यका छिमेकीसमेत रहेका अधिकारीले आइतबार एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने जानकारी दिए। आचार्यका पुराना सहयोगीसमेत रहेका तीर्थ अधिकारी पनि समाजवादीमा लागेका छन्।

उनी तत्कालीन नेकपा, जेठ २ अघिको एमाले र पछिल्लो समय आचार्यकै अगुवाइमा गठित एमाले समानान्तर कमिटीको नगर अध्यक्ष हुन्। शनिबारको कार्यक्रम उनकै नेतृत्वमा भएको हो। आचार्यका छिमेकी एवं जनप्रतिनिधि राजेश दाहाल पनि समाजवादीमा पक्षमा खुलेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.