|

हेटौंडा : शुक्रबार दिउँसो कर्रा खोलाले ट्रकसहित बगाएका दुईजना मध्ये फेला पर्न बाकी अर्का एकजनाको पनि शव भेटिएको छ।

घटनास्थलबाट करिब डेढ किलोमिटर तल चुच्चेखोला स्थित खोला किनारमा शव भेटिएको हो। ट्रक चालक बद्री कार्कीको शव भेटिएको मकवानपुरको प्रहरी प्रमुख (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

कुमाल्टारबाट दुध बोकेर डेरी जाँदै गरेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको थिए। हराएका मध्ये गणेश थापा मगरको शव शनिबार साँझ घटनास्थल भन्दा करिब २०० मिटर तल फेला परिसकेको छ।  

शुक्रबार दिउँसो उपमहानगरपालिका–१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट चौघडातर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकसहित दुईजनालाई बगाएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.