|

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न दशरथ रंगशालामा पुगेका छन्।

आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन्। यस्तै गृहमन्त्री बालकृष्ण खाण पनि खेल हेर्न दशरथ रंगशाला पुगेका छन्। नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल भर्खरै सुरु भएकाे छ। यसअघि गत बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए। 

तस्वीर :  शिला तिम्सिना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.