|

काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि प्रचारात्मक नारा तय गरेको छ। पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले महाधिवेशनका लागि प्रचारात्मक नारा तय गरेको हो।

‘कांग्रेसमा उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं १४ महाधिवेशन’ नारा तय गरिएको सूचना, सञ्चार तथा प्रचार विभागका सचिव दिनेश थापा मगरले विज्ञप्तिमार्फत जानकारी दिए।

यसैगरी १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको ‘चिन्तन १४ औं महाधिवेशन’ कार्यक्रम आयोजना गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। यस कार्यक्रममार्फत सिद्धान्त, विचार, देश, कांग्रेस, राजनीति, प्रवास, युवा, महिला, विभिन्न समुदाय, प्रशासन र समाज रूपान्तरणका दर्जनभन्दा बढी विषयमा छलफल गरिनेछ।

सचिव मगरले प्रविधिमैत्री कांग्रेस अभियान निरन्तरताका लागि गठन गरिएको जानकारी दिएका छन्। उनका अनुसार पार्टीको प्रविधिसम्बन्धी र सामाजिक सञ्जाल समन्वयसम्बन्धी कार्यमा सरिक रहेकाहरूलाई संगठित गर्दै १४ औं महाधिवेशनको प्रचारलगायतका क्षेत्रमा काम गर्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.