‘१० बुँदे सहमति विवाद झिक्न होइन, समाधानको लागि हो’

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०७५ जेठ २ मा एमाले जस्ताको तस्तै फर्किन नसक्ने प्रष्ट पारेका छन्। 

कास्कीका कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने, ‘१० बुँदे भन्ने छ अहिले। १० बुँदे समस्या समाधान गर्नका लागि हो, समस्या खडा गर्न होइन। जेठ २ भन्नुहुन्छ, जस्ताको तस्तै चार वर्ष अगाडिको ०७५ साल कहाँबाट फर्किन्छ? जस्ताको तस्तै त फर्किँनै सकिँदैन।’ 

माधव नेपाल समुहका तेस्रो धारका नेताहरूसँग गरिएको १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको उनको भनाइ छ। नेकपाको एकता भंग भएपछि पुष्पकमल दाहाल 'प्रचण्ड' गुटका मात्रै अलग भएको उनको दाबी छ। 

ओलीले भने, एकता भंग भएपछि छुट्टाछुट्टै भएको त त्यो कानुनी कुरा हो। ०७५ जेठ ३ हामीले एकीकरण गरेका थियौँ। त्यो एकीकरण कायमै छ। माओवादी केन्द्रबाट आउनुभएका साथीहरू अहिले पनि हामीसँगै हुनुहुन्छ।’ 

जेठ २ भनेको श्राद्धमा बिरालो बाँधेजस्तो भएको उनको भनाइ छ। ‘श्राद्धमा बिरालो बाँध्ने भन्ने छ नि, यो त्यस्तो होइन, यो पार्टीलाई गतिशील बनाउन गरिएको हो, कसैसँग पार्टीको सम्झौता होइन’ ओलीकाे भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.