|

काठमाडौं : नेकपा एमालेले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको छ। 

बुधबार बसेको एमाले संसदीय दलको बैठकले एमसिसी मुलुकको हितमा नरहेको निष्कर्ष निकालेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए। 

बैठकले एमसिसीसँगै सभामुखको भूमिका एमालेविरोधी माओवादी पार्टी कार्यकर्ता जस्तो भएको, निर्वाचन आयोग एमाले टुक्रयाउन उद्धत रहेको, जयसिंह धामीको घटनामा सरकारी व्यवहार भारतसामु लम्पसारवादी देखिएको निष्कर्ष निकालेको उनले बताए।​ एमालेविरुद्ध भएका पछिल्ला गतिविधिमा मूकदर्शक भएर नबस्नेसमेत उनले बताए। 

यस्तै, बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमसिसी पास गर्ने जिम्मा आफूहरूको नभएकाले अहिले धारणा बनाउन हतार गर्नु नपर्ने बताए। ओलीले भने, ‘एमसिसीबारे छलफल भइरहेको छ। यो पास गर्ने जिम्मा हाम्रो होइन। हामीले सम्झौता गरेको पनि होइनौँ। संसदमा पेश भएपछि हामीले निर्णय लिन्छौँ।’

बैठकका सांसदहरुले एमसिसीबारे पार्टीको धारणा मागेका थिए। भने, अधिकांशले एमसिसी नेपालको हितमा नभएको बताएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.