|

काठमाडौं : देशभरि पछिल्लो समय १३ हजार ४ सय ५५ जनाको परीक्षण गर्दा १ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार २ हजार १ सय ६१ जना कोरोनामुक्त भएका छन्।

त्यस्तै, कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ।

काठमाडौंमा ३ सय ४९, ललितपुरमा १ सय ५० र भक्तपुरमा ६९ गरी उपत्यकाभित्र कुल ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता पौडेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.