|

काठमाडौं : प्रतिनिधिसभाले तत्कालीन संविधानसभा सदस्यद्वय महेन्द्र शेरचन र जुठबहादुर खड्गी (जेवी टुहुरे)को निधनमा शोकप्रस्ताव पारित गरेको छ।

नेकपा एमालेबाट विसं २०७० को संविधानसभामा समानुपातिकतर्फ बाट निर्वाचित शेरचनको ६८ वर्षको उमेरमा यही भदौ २ गते र एनेकपा माओवादीबाट विसं २०७० को संविधानसभामा निर्वाचित सदस्य एवं नेपाली जनवादी सङ्गीत क्षेत्रका लोकप्रिय कलाकार खड्गीको ७८ वर्षको उमेरमा यही भदौ १० गते निधन भएको थियो।

प्रतिनिधिसभाको आजको तेस्रो बैठकले उनीहरूको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको हो।

प्रतिनिधिभाको अर्को बैठक यही भदौ २७ गते आइतबार दिनको एक बजे बस्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.