|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर अवरोध गरेपछि आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले बेल घेराउ गरेका थिए।  सभामुखको भूमिकालाई लिएर एमालेले २३ गतेबाट निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। 

एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न आग्रह गरेका छन्। तर, एमाले सांसदहरुले सभामुखविरुद्ध निरन्तर नाराबाजी गरिरहेका छन्। 

आजको बैठकमा विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची तय छ।  सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याएपछि  पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको हो।  प्रमुख प्रतिपक्षीको विरोधबीच सरकारले सदनमा प्रतिस्थापन विधेयक पेस गरेको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.