|

काठमाडौं :  खोटाङ जिल्लामा आत्महत्या विकराल बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आव ०७५/७६ देखि ०७७/७८ सम्म ३ वर्षमा खोटाङमा १ सय ३ पुरुष, ५१ महिला, १४ बालक  र ७ बालिकाले आत्महत्या गरेका छन्।

आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सबैले भूमिका निर्वाह गर्न राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश १ शाखाले जिल्ला समन्वय समिति खोटाङमार्फत स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य संघसंस्था, शिक्षा विकास तथा समन्वय इकाईमार्फत शिक्षण संघसंस्था, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खोटाङ जिल्ला अदालत बार एशोसिएसन, नेपाल पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघलाई अनुरोध गरेको छ।

विश्व आत्महत्या रोकथाम दिवस सेप्टेम्बर १० का अवसरमा यही भदौ २५ गते दिक्तेलमा भएको 'आत्महत्या रोकथाममा सरोकारवालाको भूमिका' कार्यक्रममा भएको छलफलका आधारमा आयोगले उनीहरूलाई अनुरोध गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.