|

काठमाडौं :  केन्द्रीय तथ्यांक विभागले यही कात्तिक अन्तिम हप्तादेखि देशभर जनगणना गर्दै छ। तर, त्यसभन्दा पहिले भाद्र ३० देखि असोज १८ सम्म सूचीकरणको काम गरिरहेको छ। सूचीकरणको काम सकिएपछि विभागले जनगणनाको प्रक्रिया सुरु गर्दै छ। हरेक १० वर्षमा हुने जनगणनाका लागि करिब ८० वटा प्रश्न हरेक व्यक्तिलाई सोध्ने कार्यक्रम रहेको छ।

परिवारमा रहेका संख्या, घरमा पालेका गाईवस्तु तथा जनावरको समेत विवरण भरिने विभागका सूचना अधिकृत तीर्थराज चौलागाईंले जानकारी दिए।

हरेक परिवारको बैंक तथा वित्तीय संस्थाका खाता भए/नभएको, प्राविधिक तथा व्यावसायिक शिक्षा लिए/नलिएको सम्बन्धी प्रश्न पनि सोधिने उनले जानकारी दिए।

'कृषि प्रयोजनमा प्रयोग भएको जग्गा, व्यक्तिका नाममा रहेको बैंक खाता, शैक्षिक विवरण तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको भए पनि भर्नुपर्छ', उनले भने, 'विदेश गएका परिवारका सदस्यको विवरण, महिलाका नाममा जग्गा भए त्यसको विवरण र जनगणनामा आर्थिक विवरणतर्फ आम्दानीको स्रोत, आर्थिक गतिविधिमा संलग्न सदस्य सदस्य संख्या, काम नगर्ने भए त्यसको कारण समेत उल्लेख गर्नुपर्ने हुन्छ।'

मूल जनगणनाका लागि कार्तिकमा करिब ४० हजार गणकको नियुक्ति हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.