|

विराटनगर : हरेक वर्ष कन्या संक्रान्तिको दिन अर्थात असोज १ गते मनाइने विश्वकर्मा पूजा विराटनगरलगायत देशको पूर्वी भूभागमा पनि सवारीसाधन, कलकारखाना र मेसिनरी सामान लगायतको पूजा गरी हर्षोल्लासका साथ शुक्रबार मनाइएको छ।

फलामका औजार तथा मिल मेसिनरीका सामान साथै सवारीसाधन धनीले आ–आफ्ना औजार, मेसिन र सवारीसाधनको पूजा गर्दै आज (शुक्रबार) विश्वकर्माको पूजा आराधना गरेर मनाएका छन्।

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग तथा कलकारखानामा धुमधामसँग विश्वकर्मा पूजा गरिएको छ।

नेपाल र भारत दुवै देशमा विश्वकर्मा पूजा गरिन्छ। भारतमा शिल्प संकाय, कलकारखाना, उद्योगमा भगवान विश्वकर्माको महत्त्व दर्शाउँदै प्रत्येक वर्ष १७ सेप्टेम्बरलाई श्रम दिवसका रूपमा पनि मनाउने गरिन्छ।

विश्वकर्मा पूजा (तस्वीर):

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.