|

बलिउड अभिनेता तथा समाजसेवी सोनु सुद पछिल्लो केही समयदेखि आयकर विभागको छापालाई लिएर चर्चामा छन्। आयकर विभागको छापालाई लिएर कुनै पनि टिप्पणी नगरेका सोनुले अब भने मुख खोलेका छन्। उनले सामाजिक सञ्जाल मार्फत आफ्नो भनाइ राखेका हुन्। 

आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले लेखेका छन्, 'तपाईंलाई सँधै कथाको आफ्नो पक्ष सुनाउनै पर्छ भन्ने हुँदैन। धेरै कुरा समयले बताउँछ। मेरो फाउन्डेसनको हर एक रुपैयाँ एक जिन्दगी बचाउन र त्यसको आवश्यकता रहेकाहरुसम्म पुग्न पर्खिरहेको छ।'

साथै आफूले खुला मनले पूरा शक्तिका साथ मानिसहरुको सेवामा आफूलाई खटाएको पनि उनले बताएका छन्। पछाडी उनले लेखेका छन्, 'म पछिल्लो चार दिन केही पाहुनाहरूको सत्कारमा व्यस्त थिएँ,त्यसैले तपाईंहरुको स्वागतमा हाजिर हुन सकिन। अब फेरि फर्किएको छु, जीन्दगीभर तपाईंहरुको सेवामा।'

पछिल्लो चार दिनदेखि आयकर विभागले सोनुमाथि छानबिन गरिरहेको छ। आयकर विभागले आफूहरुसँग २० करोड कर छली गरेको प्रमाण छ भनेपछि यो केसमा मौन बसिरहेका सोनुले आफ्नो कुरा सामाजिक सञ्जाल मार्फत् राखेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.