|

काठमाडाैं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ ।

सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको तीन प्रतिवेदनमाथि छलफल गरेको हो । बैठकपछि नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरुले विधान संसोधन सम्बन्धी प्रस्ताव, संगठनसम्बन्धी प्रस्ताव, साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रस्तावमा सुझाव दिएको बताए ।

उनले स्थायी कमिटीले दिएका सुझावहरूलाई समेटेर असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटी बैठकमा राखिने र केन्द्रीय कमिटीमा आएका सुझावहरूलाई समेटेर असोज १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने जानकारी दिए। बैठकले सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको पनि बताए।

‘पार्टीले आयोजना गरेको विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ । स्थायी कमिटीका सदस्य कमरेडहरुले प्रतिवेदनमाथि आफ्ना गहन सुझावहरु दिनुभएको छ,विधान संसोधन सम्बन्धी प्रस्ताव,संगठन सम्बन्धी प्रस्ताव,साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रस्ताव तीन वटै प्रस्तावमा स्थायी कमिटीका कमरेडहरूको सुझावहरु प्रस्तुत भएका छन्।'

प्रचार विभाग प्रमुख भट्टराईले भने,यो सुझावहरूलाई समेटेर यी प्रतिवेदनहरू केन्द्रिय कमिटीको बैठकमा राखिनेछ। असोजको ८ र ९ गते केन्द्रिय कमिटीको बैठक आयोजना हुँदैछ,त्यो बैठकमा प्रस्तुत गरिन्छ,त्यो बैठकमा केन्द्रीय कमिटीका साथीहरुको सुझाव लिएपछि ति सुझावहरूलाई समावेश गरेर असोजको १५,१६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नेगरी प्रतिवेदनहरू स्थायी कमिटीबाट अगाडि बढेका छन्, बैठकले सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको छ।’

भट्टराईले अब विधान राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्ने बताए । उनले अबको काम भनेको प्रतिनिधिहरुको नामावली तयार गर्ने, व्यवस्थापन लगायतका काममा केन्द्रित भएर विधान राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न लागि पर्नेमा जोड दिने स्थायी कमिटीले निर्णय गरेको बताए ।

आइतबारदेखि चलेको पार्टीको स्थायी कमिटीको बैठक सोमबर सम्पन्न भएको छ ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.