|

काठमाडौं : काठमाडौं शनिबारबाट सुरू हुने एभरेस्ट प्रिमियर लिग  रौनक बढेको छ। एकातिर रहँदा अर्का तिर क्रिकेट राजनीतिको कोपाभजन पनि जारी छ। ईपिएल खेल्न पाकिस्तानी स्टार तथा पूर्व कप्तान शाहिद अफ्रिदी काठमाडौं आउँदा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले भने ईपिएल नखेल्ने जानकारी दिएका छन्।

अफ्रिदीले नेपाली क्रिकेट विकासमा सपोर्ट गर्न काठमाडौं आएको बताउँदा राष्ट्रिय टिमका कप्तानले भने ब्यक्तिगत कारण देखाउँदै ईपिएल नखेल्ने जानकारी गराएका छन्।

ईपिएलका प्रमुख आमिर अख्तरसँगको टकरावका कारण यसअघि पूर्व कप्तान पारस खड्काले एभरेस्ट प्रिमियर लिग नखेल्ने जनाएका थिए। यद्य पि उनले ब्यक्तिगत कारण देखाएका थिए।

खेल सुरू हुनु दुई दिन अघि कप्तान ज्ञानेन्द्र मल्लले पनि ईपिएल नखेल्ने बताए। ज्ञानेन्द्र ललितपुर प्याट्रियट्सका कप्तान पनि हुन्। ज्ञानेन्द्रले प्रतियोगिताबारे केहि नभनि व्यक्तिगत कारण देखाउँदै नखेल्ने निर्णय लिएको ललितपुर प्याट्रियट्सले जनाएको छ।

यसअघि राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी चोटको कारण देखाउँदै नखेल्ने बताएका थिए। दिपेन्द्रले ओमानमा भएको एकदिवसीय त्रिकोणात्मक गुमाएका थिए।

ईपीएल आयोजक प्रमुख आमिर अख्तरले पोखरा प्रिमियर लिग (पिपिएल) मा असन्तुष्टी जनाउने गरेका थिए। यद्यपि आमिरले ईपिएलमा खेलाडी आफै आयोजक भएको आरोप लगाउने गरेका छन्। तर उनले सार्वजानिक रुपमा केहि भनेका छैनन्।

गत साउनमा एक सार्वजानिक कार्यक्रममा कप्तान मल्ल र पूर्व कप्तान खड्का सहभागि हुने भएपछि उनले क्यानलाई इमेल लेखेर कप्तान र पूर्वकप्तान लगायत क्यान पधाधिकारीमाथि छानविन गर्न आग्रह माग गरेका थिए। त्यस पछि विवाद सतहमा आएको थियो।

अफ्रिदी काठमाडौंमा

ईपिएलका लागि पाकिस्तान पूर्वकप्तान शाहिद अफ्रिदी बिहिबार काठमाडौं आइपुगेका छन्। नेपाली क्रिकेट समर्थकमा लोकप्रिय पाकिस्तानी अलराउन्डर अफ्रिदीले ईपिएलमा काठमाडौं किंग्स इलाभेनबाट सहभागिता जनाउने छन्।

नेपाली खेलकुदमा व्यावसायिक रुपमा खेल्न आउने खेलाडीमा अफ्रिदी सर्वाधिक ठूलो नाम हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेवित्तिकै अफ्रिदीले नेपाल आउँदा खुसी लागेको प्रतिकृया दिए। उनले ईपिएलमा दुई खेल खेलेर फर्किने बताए। उनले राष्ट्रपतिलाई समेत भेट्ने कार्यक्रम रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.