|
फाइल तस्बिर

काठमाडौं : राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक टेबुल गरिएको छ। बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गरेका हुन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकले उक्त दुई विधेयक पारित गरी राष्ट्रियसभामा पठाएको थियो। नयाँ बजेटका आश्रित यी दुई विधेयकलाई पनि राष्ट्रियसभाले पारित गरेपछि संघीय संसद्बाट बजेट पारित हुन्छ। विनियोजन विधेयक २०७८ लाई भने राष्ट्रियसभाबाट बिहीबार नै पारित भएको थियो।

शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट विनियोजन विधेयक २०७८ प्रमाणीकरण गरी पठाइएको प्राप्त पत्र पढेर सुनाएका थियो। 

 शुक्रबारको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले उभिएर विरोध जनाएकाले अध्यक्ष तिमिल्सिनाले सांसद खिमलाल भट्टराईलाई बोल्न समय दिएकामा उद्दले सदाझैँ आज पनि आफूहरुको विरोध कायमै रहेकाले बैठकको कामकारबाही अगाडि नबढाउन आग्रह गरेका थिए। उनको आग्रहपछि बैठक १० मिनेट स्थगित गरिएको थियो। पुनः बैठक बसेपछि राष्ट्रियसभाको बैठक असोज ११ सोमबारसम्म स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.