|

झापा : बिर्तामोडबाट ठूलो परिमाणको ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन्। कनकाई नगरपालिका–९ का २६ वर्षीय टेकराज साह र २४ वर्षीय विकास मर्डीलाई सोमबार बेलुकी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले साहको साथबाट ०.५ मिलिग्राम र मर्डीको साथबाट ४.५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको डिएसपी थापाले बताए।

थप अनुसन्धान गर्दा बिर्तामोड नगरपालिका-१ मा डेरा गरी बस्ने मर्डीको कोठाबाट १४२ दशमलब ३७ मिलिग्राम ब्राउन सुगर र २ लाख ६९ हजार ३०० रुपैयाँ बरामद गरिएको डिएसपी थापाले बताए। बरामद गरिएको १४६ ग्राम ब्राउन सुगरको नेपाली बजार मूल्य करिब ७३ लाख रुपैयाँ पर्ने डिएसपी थापाले बताए।

प्रहरीले कोठाबाट एक थान डिजिटल तराजु, एउटा क्यामरा र एउटा मोटरसाइकल समेत बरामद गरेको छ। ब्राउन सुगरसहित नियन्त्रणमा लिएका दुवै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.