|

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सम्पन्‍न भएको छ।

सङ्घीय संसद्को गतिरोध अन्त्य र अन्‍य समसामयिक विषयमा छलफल गर्नका लागि देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको सर्वदलीय बैठक बोलाएको  बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ सहभागी भए।

त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र राजेन्द्र पाण्डे सहभागी छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी भए।

यसैगरी, जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठ, जनमोर्चाका दुर्गा पौडेल र नेमकिपाका नेता प्रेम सुवाललगायत बैठकमा सहभागी भएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सर्वदलीय बैठकमा गएनन्। उनी यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि गएका थिएनन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.