|

रुकुम पूर्व : सिस्ने गाउँपालिकाको सानीभेरी नदीमा मोटरेबल पुल निर्माण भएको छ। ८० मिटर लामो पुल तीनपटक म्याद थपेर निर्माण सम्पन्न भएको छ।

सिस्ने गाउँपालिका वडा नम्बर ३, ४ र ६ लाई जोड्ने गरी सानीभेरी नदीमा निर्माण गरिएको छ। पुलको उदघाटन बिहीबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती मगरले गरे। लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माण सकिएपछि स्थानीय खुसी भएका छन्। 

२०७३ असार ३१ मा सम्झौता भएको पुल निर्माणको काम २०७५ असार ३० मा सम्पन्न गरिसक्नुपर्ने थियो। तर, सम्झौता अवधिमा काम सम्पन्न नभएपछि पहिलो पटक २०७५ पुुस ३० मा साविकको जिल्ला विकास समितिबाट म्याद थप भएको थियो। थप भएको म्यादमा पनि काम सम्पन्न नभएपछि दोस्रो पटक २०७७ पुस ३० मा म्याद थप भएको सडक पूर्वाधार विकास कार्यालय रुकुमपूर्वका प्रमुख गोविन्दबहादुर महतारा क्षेत्रीले बताए। 

उनका अनुसार दोस्रो पटक थपिएको समयमा पनि काम सम्पन्न नभएपछि तेस्रो पटक २०७८ असार २५ मा म्याद थप भएको थियो। तेस्रो पटक थपिएको समयमा पुल निर्माण सकिएको हो। निर्माणको जिम्मा मृत सञ्जीवनी निर्माण सेवा हेटौंडाले लिएको थियो। ८ करोड ८६ लाख ८१ हजार ४८४ रुपैयाँ १५ पैसामा पुल निर्माण गरिएको प्रमुख क्षेत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.