|

काठमाडौं : नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावहरूमाथि समूहगत छलफल गर्न १० वटा समूह निर्माण गरेकाे छ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्न १० समूह बनाइएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

समूहगत छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ। भोलि बिहान ८ बजेदेखि समूहगत छलफल सुरु हुने र दिउँसो २ बजे सुरु हुने पूर्ण सत्रमा समूहगत छलफलका सुझाव पेस गरिने जनाइएको छ। आजबाट सुरु भएको महाधिवेशनमा कुल ६ हजार तीन सय ४७ प्रतिनिधिहरू सहभागी छन्। 

प्रदेश १ (समूह क)

सहजीकरण : सुवास नेम्वाङ र भीम आचार्य
अध्यक्षता : देवराज घिमिरे
प्रदेश २ (समूह ख)

सहजीकरण : सत्यनारायण मण्डल र रघुविर महासेट
अध्यक्षता : ज्वाला साह
वागमती प्रदेश (समूह ग)
सहजीकरण : अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा
अध्यक्षता : आनन्द पोखरेल

गण्डकी प्रदेश (समूह घ)
सहजीकरण: पृथ्वीसुब्बा र किरण गुरुङ
अध्यक्षता : जगत विश्वकर्मा

लुम्बिनी (समूह ङ)
सहजीकरण : विष्णु पौडेल र शंकर पोखरेल
अध्यक्षता : लीला गिरी

कर्णाली प्रदेश (समूह च)
सहजीकरण : युवराज ज्ञवाली र यमलाल कँडेल
अध्यक्षता : गोरख बोगटी

सुदूरपश्चिम प्रदेश (समूह छ)
सहजीकरण : भीम रावल र लेखराज भट्ट
अध्यक्षता : कर्ण थापा

उपत्यका विशेष, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्र (समूह ज)
सहजीकरण : छविलाल विश्वकर्मा र राजन भट्टराई
अध्यक्षता : सुजिता शाक्य

जनसंगठन (समूह झ)
सहजीकरण : गोकर्ण बिष्ट र टोपबहादुर रायमाझी
अध्यक्षता : सुनिता बराल

केन्द्रीय निकाय र आयोग (समूह ञ)
सहजीकरण : अमृत बोहोरा र पुष्प कडेल
अध्यक्षता : भानुभक्त ढकाल

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.